काठमाडौं ।नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन्।
बिहीबार सम्पन्न निर्वाचनमा कार्कीले ६ सय ४६ मत प्राप्त गर्दै सभापतिका प्रतिस्पर्धी केशव गिरीलाई पराजित गरेका हुन्। गिरीले १ सय २६ मत प्राप्त गरेका थिए।निर्वाचन अधिकृत विकास थापाका अनुसार महानगर समितिको निर्वाचनका लागि कुल ८ सय ९८ मतदातामध्ये ७ सय ९७ जनाले मतदान गरेका थिए।त्यस्तै, उपसभापति महिलातर्फ श्रुति शर्मा निर्वाचित भएकी छन्। उनले ४ सय ९५ मत प्राप्त गर्दा प्रतिस्पर्धी कृष्णाकुमारी साहले २ सय २९ मत पाएकी थिइन्।महानगर जिल्ला कार्यसमिति सदस्य महिलातर्फ सावित्रा पोखरेल र उमा घिमिरे निर्वाचित भएका छन्।खुलातर्फ भने ज्ञानेश्वर नेपाल, सुमन प्रसाईं र सुरेन्द्र भट्टराई ९सुगल० विजयी भएको जनाइएको छ।