काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीचको खेल सम्पन्न भएलगत्तै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा छिटपुट वर्षा भएको छ।
वर्षा सुरु भएपछि खेलमैदानलाई त्रिपालले ढाकेर सुरक्षित राखिएको छ। वर्षाले आगामी खेलको तयारी र सञ्चालनमा कस्तो प्रभाव पार्छ भन्ने विषय मौसमको अवस्थाले निर्धारण गर्नेछ।आज साँझ विराटनगर किंग्स र कर्णाली याक्सबीच अर्को खेल खेल्ने तालिका रहेको छ। वर्षाको अवस्था हेरेर खेल सञ्चालनको प्रक्रिया अघि बढाइनेछ।