काठमाडौं ।प्रदर्शनमा आएको ४० दिन पुगिसक्दा पनि फिल्म ‘हनुमान अंश’ को बक्स अफिस प्रदर्शनमा खासै कमी आएको छैन ।
दर्शकको निरन्तर साथ पाइरहेको फिल्मले पछिल्ला दिनमा पनि राम्रो कमाइ गरिरहेको छ ।फिल्मले रिलिजको ३९औँ दिन सोमबार ८.२५ करोड भारु कमाएको थियो । त्यसको भोलिपल्ट अर्थात् ४०औँ दिन मंगलबार पनि फिल्मले समान ८.२५ करोड भारु आम्दानी गरेको जनाइएको छ ।
योसँगै फिल्मको भारतमा कुल नेट कलेक्सन २३१.१९ करोड भारु पुगेको छ । लामो समयसम्म हलमा टिक्दै राम्रो व्यापार गरेपछि फिल्मले ‘धुरन्धर’, ‘पठान’ र ‘छावा’ जस्ता चर्चित फिल्मको बक्स अफिस रेकर्डलाई समेत पछि पारेको दाबी गरिएको छ ।भारतबाहिरको व्यापार जोड्दा फिल्मको विश्वव्यापी कमाइ २९१.४० करोड भारु पुगेको छ । हालको कमाइको गति कायम रहे फिल्मले छिट्टै ३०० करोड भारुको विश्वव्यापी आँकडा पार गर्ने अपेक्षा गरिएको छ ।फिल्मको निरन्तर व्यापारले लामो समयसम्म दर्शकलाई हलसम्म तान्न सफल भएको देखाएको छ ।