काठमाडौं ।अभिनेता तथा निर्माता निखिल उप्रेतीको फिल्म ‘आचार्य’को नयाँ रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ।
गीतमा निखिल उप्रेती र सजिना श्रेष्ठलाई जोडीका रूपमा प्रस्तुत गरिएको छ।एक्सन भूमिकामा बढी देखिने निखिललाई यसपटक भने प्रेमिल शैलीमा प्रस्तुत गरिएको छ। गीतको शब्द तथा संगीत युग भुसालले तयार पारेका हुन् भने गौराङ्गा शेखर शर्मा र ज्योत्स्ना जौडाले स्वर दिएका छन्।आचार्य’मा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्ची, बलिउड कलाकार दीपजङ्ग राणा, रोहित चौधरी तथा पूर्णिका सिजापतीलगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गरेका हुन्। यसको एक्सन निर्देशन शुक्रराज शाहले गरेका छन् भने बन्दे प्रसाद सम्पादनमा छन्।फिल्मको लेखन, निर्माण र निर्देशन निखिल उप्रेती स्वयंले गरेका हुन्। ‘आचार्य’ आगामी असोज नौ गतेदेखि नेपालभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।