काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला तीन लाख एक हजार रुपैयाँ निर्धारण भएको छ। १० ग्राम सुनको मूल्य दुई लाख अन्ठाउन्न हजार ६० रुपैयाँ कायम गरिएको छ।बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपैयाँले घटेको हो। बुधबार छापावाल सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार छ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। १० ग्राम चाँदीको मूल्य तीन हजार नौ सय ४४ रुपैयाँ कायम भएको छ।चाँदीको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ५५ रुपैयाँले घटेको हो। बुधबार चाँदी प्रतितोला चार हजार आठ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।