काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई प्रभु बैंकले राहत सामग्री सहयोग गरेको छ।
बाढीका कारण घरबारविहीन भएका परिवारलाई अस्थायी रूपमा बसोबासमा सहजता होस् भन्ने उद्देश्यले बैंकले एक सय थान टेन्ट र एक सय थान स्लिपिङ ब्याग उपलब्ध गराएको हो।बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्रबाबु विष्टले बिहीबार उक्त राहत सामग्री जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेका छन्। प्रशासनमार्फत ती सामग्री बाढी प्रभावित परिवारसम्म पुर्याइने बताइएको छ।प्रभु बैंकले यसअघि पनि विपद् प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गरेको जनाएको छ।बैंकले बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता भएकाको सकुशल उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ। साथै विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना व्यक्त गरेको छ।