काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। आइतबार सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर आज ४ हजार ६ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।