काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ थियो। तर, पछिल्लो एक साताको हिसाब गर्दा भने सुनको मूल्य प्रतितोला ११ हजार १ सय रुपैयाँले घटेको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ७ सय २५ रुपैयाँ थियो। एक साताअघि भने चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।