काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि घाइतेको उद्धार तथा उपचारमा सहजता ल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्सहरू तयारी अवस्थामा राखिएका छन्।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई आवश्यक परे तत्काल अस्पताल पुर्याउने उद्देश्यले एम्बुलेन्सलाई स्ट्यान्डबाइमा राखिएको हो। घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ।बिहीबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार बाढीका कारण विभिन्न जिल्लामा गरी २ सय८९ जनाको मृत्यु भएको छ। फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै १ सय २१ वटा छन्।त्यस्तै, पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, पश्चिम नवलपरासीमा १४, नुवाकोटमा १२ र रसुवामा ३ वटा शव फेला परेको विवरण छ।बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी रहेकाले मृतकको संख्या थपिन सक्ने र थप शव फेला पर्न सक्ने जनाइएको छ। प्रभावित नागरिकको उद्धारसँगै घाइतेलाई उपचारको व्यवस्था मिलाउने काम पनि भइरहेको छ।