काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटका लागि समय मागेका छन्।
विशेष महाधिवेशनबाट सभापति चयन भएपछि थापाले शुक्रबार देउवाका स्वकीय सचिव भानु देउवासँग टेलिफोनमार्फत कुराकानी गर्दै भेट्ने इच्छा व्यक्त गरेका हुन्।भानु देउवाका अनुसार थापाले देउवासँग भेटका लागि समय मिलाइदिन आग्रह गरेका थिए। उनले देउवाको व्यस्तता हेरेर समय तय गरी भेटका लागि खबर गर्ने जवाफ दिएको बताएका छन्।देउवाको सचिवालयका अनुसार दुई नेताबीचको भेटको मिति र समय छिट्टै तय गरिने तयारी छ।सभापति बनेपछि थापाले पार्टीभित्रका शीर्ष नेतासँग संवाद र सहकार्यलाई अघि बढाउने क्रममा देउवासँग भेट गर्न खोजेको बुझिएको छ। दुई नेताबीच हुने भेटलाई कांग्रेसभित्रको आगामी राजनीतिक दिशा र आन्तरिक समन्वयका दृष्टिले चासोका साथ हेरिएको छ।