काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको सुरक्षा तथा सैन्य सम्बन्धलगायतका विषयमा कुराकानी भएको बताइएको छ।भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए।प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्।भ्रमणका क्रममा उनले नेपाली सेनाका उच्च अधिकारीहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारतबीचको लामो समयदेखिको सैन्य सहकार्य तथा आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा उनको भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।