काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १ पैसा कायम गरिएको छ। त्यस्तै, युरोको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा रहेको छ। स्वीस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा कायम भएको छ।
अष्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९८ पैसा तथा क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ। सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५३ पैसा रहेको छ। यस्तै, १० जापानी येनको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा तोकिएको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा रहेको छ। साउदी रियालको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।
यूएई दिरामको खरिददर ४१ रुपैयाँ ५० पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा रहेको छ। त्यसैगरी, मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७२ पैसा र बिक्रीदर १० रुपैयाँ ७६ पैसा तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले तोकेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने यसभन्दा फरक हुन सक्नेछन्।