नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ३ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको हो। महासंघका अनुसार १० ग्राम सुनको मूल्य पनि घटेको छ। बुधबार २ लाख ६२ हजार ९ सय ४५ रुपैयाँ रहेको १० ग्राम सुन आज २ लाख ६२ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। यता, चाँदीको मूल्य भने बढेको छ। बुधबार प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले बढेर ४ हजार ७ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ७३ रुपैयाँ कायम भएको छ। बुधबार यसको मूल्य ४ हजार ६८ रुपैयाँ थियो।