काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ थियो।