काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। एकैदिन सुनको मूल्य प्रतितोला ६ हजार ४०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँ पुगेको छ। सोमबार भने सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ११० रुपैयाँले बढेर ४ हजार ७८० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो। नेपालमा अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यका आधारमा सुनचाँदीको दैनिक मूल्य निर्धारण हुँदै आएको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४०६ दशमलव ५३ अमेरिकी डलर तथा चाँदी ६५ दशमलव ५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।