काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ थियो। पछिल्लो पाँच कारोबार दिनको अवधिमा भने सुनको मूल्य प्रतितोला १७ हजार ७ सय रुपैयाँले बढेको छ। गत मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यता, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ। आइतबार ४ हजार ६ सय ४५ रुपैयाँ रहेको चाँदीको भाउ सोमबार बढेर प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।