काठमाडौँ । आज बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । दुई दिनमा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको हो । त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५८ हजार ६ सय ६० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको हो । चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ९ सय ८३ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।