काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत जारी अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले पहिलो हाफ सकिँदा स्विट्जरल्यान्डविरुद्ध १–० को अग्रता कायम गरेको छ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा भइरहेको प्रतिस्पर्धामा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टरले खेलको १०औँ मिनेटमा गोल गरे। उनले लियोनल मेसीले प्रहार गरेको कर्नरलाई उत्कृष्ट हेडमार्फत जाली चुमाएका थिए।पहिलो हाफभर अर्जेन्टिनाले बल नियन्त्रण र आक्रमणमा पकड जमाउँदै एक गोलको अग्रता सुरक्षित राख्यो। यस खेलको विजेताले फिफा विश्वकप २०२६ को फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।