काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुन ९ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ । यस साताको आइतबारदेखि घट्न थालेको सुनको मूल्य हिजो भने प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आज चाँदी पनि ५५ रुपैयाँले सस्तिएको छ । चाँदीको कारोबार आज प्रतितोला ४ हजार ५ सय रुपैयाँमा भइरहेको छ ।