काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
बुधबार बिहान कोलम्बिया र स्विट्जरल्याण्डबीचको अन्तिम १६ को खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो । अन्तिम १६ बाट ८ टोली स्वार्टरफाइनलमा पुगेका छन् । जसमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड रहेका छन् ।
फिफा विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाइनल (अन्तिम ८) को पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन् । यो खेल जुलाई १० तारिख मा नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ ।
त्यस्तै स्पेन र बेल्जियम जुलाई ११ राति पौने १ बजे
नर्वे र इंग्ल्याण्ड जुलाई १२, बिहान पौने ३ बजे र
अर्जेन्टिना र स्विट्जरल्याण्ड : जुलाई १२ बिहान पौने ७ बजे भिड्नेछन् ।