काठमाडौँ । मङ्गलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ ।
महासङ्घले मङ्गलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ निर्धारण गरेको छ । यसअघि सोमबार सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । गत हप्ताको मङ्गलबारको तुलना गर्ने हो भने त्यतिबेला सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँ रहेको थियो ।
सुनसँगै मङ्गलवार चाँदीको मूल्यमा पनि गिरावट रेकर्ड भएको छ. चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको चाँदी मङ्गलबार घटेर ४ हजार ५५५ रुपैयाँमा झरेको छ. यसअघि गत हप्ताको मङ्गलबार चाँदीको बजार मूल्य प्रतितोला ४ हजार २८५ रुपैयाँ तोकिएको थियो ।