काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् ।
सीईओ चापागाईले सोमबार बिहान अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन् । आफ्नो कार्यकाल पूरा हुनुअघि नै चापागाईंले पदबाट राजीनामा दिएका छन् ।
उनले बिहान अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री समक्ष राजीनामा बुझाएको जानकारी दिए । उनले सरकारको दबाब र अन्य कुनै विषय नभई आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताए ।
चापागाईं २०८१ साल चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओ पदमा नियुक्त भएका थिए । सरकारले अध्यादेश मार्फत विगतका नियुक्त खारेज गरे पनि उनी कायम रहेका थिए । यता उनले दिएको राजीनामा स्वीकृत भईसकेको जनाएको छ ।