काठमाडौं । सरकारले १५ सहसचिवको सुरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका १५ कर्मचारीहरूको सरुवा गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको हो।
सरकारले मधेस, कोशी, लुम्बिनी र गण्डकी प्रदेशका सचिवहरू पनि हेरफेर गरेको छ। परराष्ट्र मन्त्रालयका विन्देश्वर प्रसाद लेखकलाई मधेश प्रदेशमा, अर्थ मन्त्रालयका रमेश अर्याललाई गण्डकी प्रदेश र भरतमणि पाण्डेलाई लुम्बिनी प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ ।
