काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले ओरालो लागेको हो ।
महासंघका अनुसार आज प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ मा कारोबार भइरहेको छ ।
हिजो एक तोला सुनको मूल्य २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउपनि आज ओरालो लागेको छ ।
अघिल्लो दिन प्रतितोला ४ हजार ६०५ रुपैयाँ निर्धारण भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५८५ रुपैयाँमा सीमित बनेको छ ।