डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा घाइते भएका सबै यात्रुहरूको पहिचान खुलेको छ।
आइतबार दिउँसो करिब १ः५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको जिप आफैं अनियन्त्रित भई सडकबाट करिब २० देखि २५ मिटर तल खसेको थियो।
दुर्घटनामा परी त्रिपुरासुन्दरी नगरपालिका–७ का ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलका अनुसार दुर्घटनामा चालकसहित ११ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको छ। घाइतेहरूमध्ये लालदेवी, आवास, कर्णसरा र प्रितमलाई थप उपचारका लागि जुम्ला पठाइसकिएको छ भने अन्य घाइतेहरूलाई पनि अवस्था हेरेर जुम्ला पठाउने तयारी भइरहेको छ।
१. बिन्द्वास रावल (अन्दाजी ३५ वर्ष) – जिप चालकः चन्दननाथ नगरपालिका–८, जुम्ला
२. धनबहादुर डाँगी (२६ वर्ष): त्रिपुरासुन्दरी नगरपालिका–३, डोल्पा
३. नन्दराम शाही (४६ वर्ष): त्रिपुरासुन्दरी नगरपालिका–७, डोल्पा
४. लालदेवी रोकाय (२८ वर्ष):जगदुल्ला गाउँपालिका–६, डोल्पा (उपचारका लागि जुम्ला पठाइएको)
५. आवास रोकाय (४ वर्ष): जगदुल्ला गाउँपालिका–६, डोल्पा (उपचारका लागि जुम्ला पठाइएको)
६. कर्णसरा बुढा (२४ वर्ष): जगदुल्ला गाउँपालिका, डोल्पा (उपचारका लागि जुम्ला पठाइएको)
७. प्रितम बुढा (२ वर्ष): जगदुल्ला गाउँपालिका, डोल्पा (उपचारका लागि जुम्ला पठाइएको)
८. धिरेन्द्र बुढाथोकी (२४ वर्ष): जगदुल्ला गाउँपालिका, डोल्पा
९. भीमप्रसाद बुढा (४४ वर्ष): काइके गाउँपालिका–३, डोल्पा
१०. डिल्लीप्रसाद उपाध्याय (६२ वर्ष): सिंजा गाउँपालिका–३, जुम्ला
११. नित्यानन्द अधिकारी (६४ वर्ष): गोठीचौर गाउँपालिका–४, जुम्ला
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
डोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ जना घाइते