बझाङ । बझाङमा हत्यागरि मकैबारीमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्लाको केदारस्युँ गाउँपालिका–६, त्याडीगाउँ निवासी ४२ वर्षीय मोहनबहादुर बोहरा रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार शुक्रबार साँझ आपसी विवादका क्रममा बोहराको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनको शव मकैबारीमा फालिएको अवस्थामा फेला परेको थियो।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। डीएसपी जोराले अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जानकारी दिएका छन्।