काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रवारको तुलनामा सुन तोलामा रु. ४०० र चाँदी रु. १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु. दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु. चार हजार ६०५ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला रु. दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातु रु. चार हजार ६१५ मा कारोबार भएको थियो ।
गत बिहीबार छापावाल सुन प्रतितोला रु. दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको रु. चार हजार ४५० मा किनबेच भएको थियो ।