काठमाडौं । बाढी र पहिरोका कारण मुलुकका केही सडकहरू अवरुद्ध भएका छन् ।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका- २ कोदारी अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा वर्षाका कारण अन्दाजी ३० फिट सडक ५ मिटर तल भासिएको छ । जसका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यस्तै, भेरी करिडोर सडक खण्डको छलगार्ड खोलामा पानीको बहाब बढी हुँदा सो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।