काठमाडौं । बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । कैलालीबाट बैतडीतर्फ जाँदै गरेको बस बैतडीको पाटन नगरपालिकामा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस दुर्घटना सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।
दुर्घटनामा मानवीय क्षति तथा घाइतेको अवस्था सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ। प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटेका छन्।