काठमाडौँ । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) शुक्रबार बाँडफाँट गरिएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट सम्पन्न गरेको हो। कम्पनीले सर्वसाधारणका लागि असार ३ देखि ८ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। सो अवधिमा प्राप्त आवेदनमध्ये २८ लाख १५ हजार ६७९ वटा आवेदन स्वीकृत भएका थिए। बाँडफाँटको नतिजाअनुसार गोलाप्रथा प्रक्रियामार्फत १ लाख ४२ हजार ७६० जना आवेदकले जनही १० कित्ता सेयर प्राप्त गरेका छन्। आईपीओको नतिजा सीडीएससीको मेरोसेयर तथा आईपीओ रिजल्ट प्रणालीमार्फत हेर्न सकिने कम्पनीले जनाएको छ।