काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
बिहीबारको तुलनामा सुन तोलामा सात हजार २ सय र चाँदी १६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ९० हजार ७ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६१५ रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४५० रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
छ ।