काठमाडौँ । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतका आधारमा पारित गरेको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। मन्त्री रावलको प्रस्तावलाई सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमत सांसदको समर्थनसहित विधेयक पारित भएको हो। यससँगै सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ ले प्रतिनिधिसभाबाट विधायी स्वीकृति प्राप्त गरेको छ।