काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप तीन दिन म्याद थपको अनुमति दिएको हो । पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।
विशेष अदालतको आदेशमा थुनामा रहेका पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आजै सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
