काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
बुधवार २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।
बुधवार ४ हजार २७० रुपैयाँमा कारोवार भएको चाँदी आज १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोवार भैइरहेको छ ।