काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ इभरग्रिनको अध्यक्षमा सविता ढकाल निर्वाचित भएकी छन् ।
डिस्ट्रिक्ट ३२५ आई अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ एभरग्रिनको लायन्स वर्ष २०२६–२०२७ का लागि लायन ढकाल अध्यक्षमा निर्वाचित भएकी हुन् ।
समाजसेवा, नेतृत्व, उद्यमशीलता, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय सविता ढकाल एक सफल मोडल, कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर, समाजसेवी तथा व्यवसायीका रूपमा परिचित छन् । उनले विभिन्न राष्ट्रिय विज्ञापन तथा `कसलाई आफ्नो भनौँ`, `पुष्पाञ्जली´ र `रक्षा´जस्ता नेपाली टेलिसिरियलमा अभिनय गरेकी छन् ।
हाल उनि पामा केयर इन्टरनेसनलकी चेयरपर्सनका रूपमा कार्यरत रहँदै स्किन केयर उत्पादनको विकास, प्रवर्द्धन तथा उद्यमशीलता प्रवर्द्धनमा सक्रिय रहदै आएकी छन् ।
उनको नेतृत्वमा लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ इभरग्रिनले समाजसेवा, शिक्षा, स्वास्थ्य, मानवता तथा समुदाय विकासका क्षेत्रमा अझ प्रभावकारी र उदाहरणीय कार्य गर्ने अपेक्षा गरिएको छ।
यस्तै संस्थाको प्रथम उपाध्यक्षमा लायन सुस्मा आचार्य, द्वितीय उपाध्यक्षमा लायन सीता भट्टराई, तृतीय उपाध्यक्षमा लायन निरुपमा महर्जन, सचिवमा लायन साधना पुडासैनी, कोषाध्यक्षमा लायन सपना प्रधान निर्वाचित भएकी छन् ।