काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबारकाे तुलनामा सुन तोलामा ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार ३ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार २७० रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार एक तोला सुन दुई लाख ७७ हजार ९०० र चाँदी चार हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।