काठमाडौँ । विश्वकप २०२६ मा सहभागी इरानको राष्ट्रिय टोलीले खेल समाप्त हुनेबित्तिकै केही घण्टाभित्रै देश छाड्नुपर्ने भएको छ ।
संयुक्त राज्य अमेरिकाका अधिकारीहरूका अनुसार यो नियम लस एन्जलस र सियाटलमा हुने समूह चरणका खेलपछि पनि लागू हुने बताइएको छ ।
अमेरिकी राष्ट्रपति कार्यालयअन्तर्गतको फिफा टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु जिउलियानीले एपीसँग कुरा गर्दै, ‘यो प्रक्रिया पहिले नै स्पष्ट गरिएको थियो,’ भन्दै निर्णयको बचाउ गरेका छन्।
राजनीतिक तनावपूर्ण वातावरणबीच इरानले सोमबार लस एन्जलसमा न्युजिल्यान्डसँग समूह ‘जी’ को खेलमा बराबरी खेलेको थियो । तर खेलपछि टोलीलाई केही घण्टामै अमेरिका छाड्न आदेश दिइएको थियो ।
इरानका प्रशिक्षक अमिर घालेनोईले खेलपछि टोलीले सामान्य रिकभरीका लागि होटलमा बस्ने अपेक्षा गरेको भए पनि केही घण्टामै मेक्सिको फर्किन बाध्य भएको बताएका छन् ।
इरानी प्रतिनिधिमण्डल खेल सकिएलगत्तै करिब राति ८ बजे स्थानीय समय अनुसार अमेरिका छाडेर आफ्नो बेस क्याम्प मेक्सिको फर्किएको थियो ।