काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य १२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९३ हजार २०० रुपैयाँ कायम छ । शुक्रबार २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।