काठमाडौं । विश्वकपमा २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले जित निकालेको छ । समूह सी अन्तर्गत रहेका स्कटल्याण्ड र हाइटीबीच अमेरिकाको बोस्टन रंगशालामा खेल भएको थियो ।
हाइटीसँगको पहिलो खेलमा स्कटल्याण्ड १-० ले विजयी भएको हो । स्कटल्याण्डका लागि जोन मेग्गनीले गोल गरेका हुन् । उनले पहिलो हाफमा गोल गरेका थिए ।
सन् १९९८ पछि स्कटल्याण्ड विश्वकपमा हाल समावेश भएको हो । जितसँगै स्कटल्याण्डले तीन अंक जोडेको छ । हाइटी भने विश्वकपमा ५२ वर्षपछि खेलेको हो । हाइटीले पछिल्लो विश्वकप १९७४ मा खेलेको थियो ।