काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार १ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन ३ लाख ११ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ९ हजार रुपैयाँ छ । गत शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार २८५ रुपैयाँ रहेको चाँदी आज ५ हजार २३० रुपैयाँमा झरेको छ । गत शुक्रबार चाँदीको भाउ प्रतितोला ५ हजार ४० रुपैयाँ थियो ।