काठमाडौँ । सेयर बजार १३.४६ अङ्कले घटेको छ । साताको चौथो दिन बिहीबार बजार परिसूचक (नेप्से) परिसूचक २७६६.७८ अङ्कमा कायम भएको हो।
आज ६३ कम्पनीको मूल्य बढ्दा १९८ को घटेको छ ८ को स्थिर रह्यो । आज ४ अर्ब ७० करोडको भएको छ जुन अघिल्लो दिन ५ अर्ब ७३ करोड थियो।
आज म्युचुअल फण्ड बाहेक सबै समूहगत सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै १.७१ प्रतिशत घट्यो । होटल तथा पर्यटन १.०७ तथा निर्जीवन बीमा १.२० प्रतिशतले घटेको छ।
आज कालिञ्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशत बढ्यो । त्यस्तै न्यादी हाइड्रोपावरको मूल्य ९.१६, सेन्ट्रल फाइनान्सको ४।७८ प्रतिशत मूल्य बढ्यो। आज विजय लघुवित्तको ४.६९, भगवती हाइड्रोपावरको ४.२७ प्रतिशतले घटेका छन्।
आज धेरै कारोबार भएकामा एभरेस्ट बैंक डिबेन्चर ८६ को १४ करोडको हुँदा, आँखुखोला जलविद्युत् ३२ करोड, सेन्ट्रल फाइनान्स १८ करोड र नेपाल पुनर्बीमा कम्पनीको १७ करोडको कारोबार भएका छन् ।