काठमाडौँ । सेयर बजार बुधबार सामान्य रूपमा बढ्दै नेप्से परिसूचक २.६६ अंकले उकालो लागेर २७८० अंकमा पुगेको छ। अघिल्लो दिनको तुलनामा बजारमा ठूलो उतारचढाव देखिएन र दिनभर कारोबार सामान्य उतारचढावमै सीमित रह्यो। कुल कारोबार रकम भने बढेर ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
आज १४९ कम्पनीका सेयर मूल्य बढ्दा ११६ कम्पनीको घट्यो भने ६ कम्पनी स्थिर रहे। क्षेत्रगत रूपमा निर्जीवन बीमा समूहमा सबैभन्दा बढी आकर्षण देखियो, जसले ३.३७ प्रतिशतको वृद्धि गर्दै बजेटमा तेस्रो पक्ष बीमाङ्क रकम दोब्बर (१० लाख) बनाइएकाले भविष्यमा व्यवसाय बढ्ने अपेक्षा देखाएको छ। जीवन बीमा, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र विकास बैंक समूह पनि सामान्य रूपमा बढे। तर बैंकिङ, फाइनान्स, जलविद्युत्, लगानी तथा व्यापार समूह भने घटे, जसमा अन्य समूह सबैभन्दा धेरै २।३६ प्रतिशतले गिरावटमा रह्यो। व्यक्तिगत कम्पनीमध्ये कालिन्चोक हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढ्यो भने एसबीएल डिबेन्चर (२०८४), विजय लघुवित्त र सयपत्रि हाइड्रोपावर पनि उल्लेखनीय रूपमा बढे। त्यस्तै नेपाल पुनर्बीमा, सेन्ट्रल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स लगायतका कम्पनी भने घटे। आज सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल