काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकाबाट ८८ अर्ब २२ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ८३ अर्ब २५ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात भएका थिए । चालु आर्थिक वर्षमा मुख्य रूपमा भटमासको प्रशोधित तेल ४८ अर्ब ११ करोड रुपैयाँ, सूर्यमुखी तेल ५ अर्ब ३५ करोड रुपैयाँ तथा फलफूलको जुस ६ अर्ब ४२ करोड रुपैयाँ बराबर निर्यात भएको छ । त्यस्तै कपडा ३ अर्ब ३ करोड रुपैयाँ र सिन्थेटिक यार्न २ अर्ब २५ करोड रुपैयाँ बराबर निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।