काठमाडौं । नेपालका चर्चित एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विश्वकै प्रतिष्ठित युएफसीको मुख्य स्टेजमा पुग्ने बाटोको रुपमा रहेको यस रोड टु युएफसीमा रविन्द्रले ब्यान्टमवेटको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
मकाउको ग्यालेक्सी एरेनामा आज भएको खेलमा रविन्द्र पुरै हाबी भएका थिए । रविन्द्र पछिल्लो समय नेपाली एमएमएमा सबैभन्दा चर्चित फाइटरको रुपमा चिनिन्छन् ।
उनले गत वर्ष भारतको ग्रेटर नोइडामा भएको मेट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए ।