काठमाडौँ । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले ६१ दिनको अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो। यसका लागि आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। उक्त रकमको साँवा तथा ब्याज भुक्तानी आगामी साउन ६ गते गरिनेछ। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यस कदमले बैंकिङ प्रणालीमा देखिने अधिक तरलता व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।