काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट कार्य बुधबार सम्पन्न भएको छ । प्रभु क्यापिटलको कार्यालयमा गरिएको बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको थियो । उक्त आईपीओमा २९ लाख ४८ हजारभन्दा बढी आवेदकबाट आवेदन परेको जनाइएको छ । मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा प्रणाली अपनाएर शेयर वितरण गरिएको हो । बाँडफाँट अनुसार २ लाख ५१ हजार ५४५ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । साथै बाँकी रहेको ५ कित्ता शेयर थप गरी ५ जना लगानीकर्ताले ११–११ कित्ता शेयर पाएका छन् ।