काठमाडौँ । सर्लाहीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । घटना हरिवन नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गमा राति करिब ११:१५ बजे भएको हो ।
गाईघाटबाट काठमाडौँ जाँदै गरेको बसले सडकमा हिँडिरहेका अन्दाजी ३५ वर्षीय पुरुषलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन । प्रहरीका अनुसार मृतक मागेर हिँड्ने व्यक्ति जस्तो देखिएको बताइएको छ । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । दुर्घटनामा संलग्न बस र चालक उदयपुरका कृष्णबहादुर खत्री लाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।