काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।
नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री बालेन शाह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए । सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
तर पनि उनी आजको बैठकमा समेत सहभागी हुने/नहुने निश्चित छैन । बुधबार भने उनले आफू सदनमा उपस्थित नभएर अर्थमन्त्रीमार्फत नै काम चलाउन खोजेका थिए । जुन प्रयासको प्रतिपक्षी दलले विरोध गरेका हुन् । सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।