काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले यही महिनाको ३१ गते (भोलि) नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जवाफ दिने भएका छन्।
सभामुखले प्रधानमन्त्रीले भोलि सदनमा उपस्थित भएर नीति तथा कार्यक्रममाथि जवाफ दिने जानकारी गराएपछि मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो।
तेस्रो पटक सञ्चालनको प्रयास भए पनि बैठक सुरु हुनासाथ विपक्षी दलले अवरोध जारी राखेपछि सदन अघि बढ्न सकेन। लगातारको अवरोधपछि सभामुखले बैठक स्थगित गरेका हुन्।
सभामुखले आगामी बैठकमा प्रधानमन्त्री शाह स्वयं उपस्थित हुने र नीति तथा कार्यक्रममाथि जवाफ दिने जानकारी पनि सदनलाई गराएका छन्।