काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार सामान्य अंकले घटेको हो ।
बुधबार नेप्से परिसूचक ४.१५ अंक (०.१५ प्रतिशत) ले घटेर २,७४०.२५ विन्दुमा पुगेर बजार बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ३९.४४ अंक (१.४१ प्रतिशत) ले घटेर २,७४४.४० विन्दुमा पुगेर बजार बन्द भएको थियो ।
बुधबार बजारमा कुल ३३९ कम्पनीका ५६ लाख ४३ हजार २८८ कित्ता सेयर ४२ हजार १७६ पटक किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भएको छ ।
बुधबार कारोबार भएका कम्पनीहरूमध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
यस्तै, सर्वाधिक नाफा कमाउने पहिलो कम्पनीमा एसियन हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ११.४२ प्रतिशतले बढेको छ । यसैगरी बढी कमाउने कम्पनीमा क्रमशः एसवाई प्यानल नेपाल, हिमालयम बैंक लि. बोण्ड २०८६, एनआईसी एसिया ग्रोथ फण्ड–२, सेञ्चुरी डिवेञ्चर २०८८ रहेका छन् ।
बुधबार सर्वाधिक मूल्य गुमाउने ५ कम्पनीमा धौलागिरी लघुवित्त वित्तीय संस्था, झापा इनर्जी लिमिटेड, १० प्रतिशत सिटिजन्स बैंक डिवेञ्चर २०९०, रिजलाईन इनर्जी, आरबीबी फोकर ४०कम्पनी रहेका छन् ।